निर्वाचन प्रहरी पोसाक खरिदमा नेपाल प्रहरीको कुनै तहको संलग्नता छैनः आईजीपी कार्की


काठमाडौँ । गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचन प्रहरीको पोसाक खरिदसम्बन्धी विषयमा प्रचलित कानुनमा रहेको व्यवस्था पालना गरिएको स्पष्ट पारेका छन् ।

सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा उनले भने, ‘विगतमा जे जसरी सुरक्षा व्यवस्था र यससम्बन्धी सामग्रीको व्यवस्थापन गर्ने विषय समावेश गरियो, मापदण्डमा सोहीबमोजिम स्वीकृत गरेर अगाडि बढाइएको हो ।’

गृहसचिव श्रेष्ठले विगतभन्दा अझ व्यवस्थित, पारदर्शी र एउटा मितव्ययी हिसाबले सम्पन्न गर्ने प्रयास गरेको र यसमा मन्त्रालयको तर्फबाट कुनै गतिविधि नभएको स्पष्ट पारे ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निवाचन प्रहरीको पोसाक खरिदमा अनियमिता भएको विषयमा सत्यता नभएको बताए ।

‘निर्वाचन प्रहरीले स्वयं वा आफ्नै समूहबाट मापदण्डअनुसारको पोसाक खरिद गरेको वा र सो रकम उनीहरूकै बैङ्क खातामा सोझै भुक्तानी भएको हुँदा यसमा नेपाल प्रहरीको कुनै तहको संलग्नता हुने विषय भएन’, उनले भने ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गतआर्थिक वर्षको २०८२/८३ को यस पोसाक खरिद सन्दर्भमा सशस्त्र प्रहरी बलका तर्फबाट कुनै पनि बजेट हामीलाई प्राप्त बजेट पोसाक खरिद गर्न प्राप्त भएको बजेट कुनै पनि बजेटमा अनियमितता नभएको स्पष्ट पारे ।