राष्ट्रिय भेलामा सहभागी हुन पूर्णबहादुर खड्कालाई शशांकको निम्तो


काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्का र कांग्रेस नेता डा. शशांक कोइरालाबीच भेटवार्ता भएको छ । बुधबार बिहान उनीहरुबीच खड्का निवास गोल्फुटारमा भेटवार्ता भएको हो । कोइराला नेपाली कांग्रेसको राष्ट्रिय भेलाका संयोजक हुन् ।

उनीहरुबीच साउन २९, ३० र ३१ गते आयोजना हुने राष्ट्रिय भेलाका विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

त्यसक्रममा कोइरालाले खड्कालाई भेलामा आग्रह गरेका थिए । कोइरालाको आग्रहलाई खड्काले सकारात्मक रुपमा लिएको तिवारीले बताए । भेटमा नेता एनपी साउद पनि सहभागी थिए ।