भद्रपुर (झापा) । गत आर्थिक वर्षमा झापामा पुँजीगत बजेटको ५१ प्रतिशत मात्र खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार संघीय सरकारबाट जिल्लास्थित संघीय कार्यालय तथा स्थानीय तहका लागि विनियोजित पुँजीगत बजेट १२ अर्ब ६९ करोड ३४ लाख १० हजार ५९० मध्ये रु छ अर्ब ४७ करोड २५ लाख ४९ हजार १८६ मात्र खर्च भएको हो ।
चालुतर्फ विनियोजित १७ अर्ब तीन करोड ६८ लाख ८८ हजार ९८ मध्ये रु १६ अर्ब २० करोडभन्दा बढी रकम खर्च भएको छ ।
संघीय सरकारले स्थानीय तहलाई वित्तीय समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदानमार्फत बजेट उपलब्ध गराउँदै आएको छ । उक्त बजेट स्थानीय तहले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास तथा अन्य सार्वजनिक सेवाका क्षेत्रमा खर्च गर्ने व्यवस्था छ ।

प्रतिक्रिया