२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँको करदाता प्रोत्साहन उपहार


काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको उपहार योजनाका विजेताको घोषणा गरेको छ ।

शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा उपहार घोषणा गरिएको हो । गोलाप्रथामार्फत १५ जना करदाताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ र एक जनाले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन् । ००७७५५५८०६७०, ०१५६११०५८०७५, ०१२२५८०८६५८८, ०१४९७३९०७३३, ००६८४१५५३५३७, ००२९२८८१७८११, ००९८९१७८३२४५, ००४७८०८४०८८४, ०१०८३७१८०३३२, ००५५८८५०६०८५, ००३००६७७८५८९, ००८७८२४८६३३५, ०१३०३५२३०२९७, ००१८०८९६५९८६ र ०११३८०९१४५८० कुपन नम्बर भएकाले १ लाख ३३ हजार ३३४ रुपैयाँ उपहार प्राप्त गरेका छन् ।विजेताले प्रचलित कानुनबमोजिम कर कट्टा गरी करिब १ लाख रुपैयाँ उपहार रकम प्राप्त गर्नेछन्।

पहिलो पटक २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले १० लाख रुपैयाँको करदाता प्रोत्साहन उपहार जितेका छन् ।

साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ताका लागि उपहार घोषणा गरिएको थियो ।