पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ ।
प्रदेश सभाबाट असार २५ गते पारित भई असार ३० गते प्रमाणीकरणका लागि पेश गरिएको उक्त विधेयक संविधानको धारा २०१ को उपधारा (३) बमोजिम साउन ८ गते पुनर्विचारका लागि प्रदेश सभामा सन्देशसहित फिर्ता पठाइएको थियो ।
प्रदेश सभाले पुनः विचारपछि साउन १५ गते विधेयकलाई यथावत् रूपमा पुनः पारित गरी प्रमाणीकरणका लागि पठाएको थियो । त्यसपछि संविधानको धारा २०१ को उपधारा (४) बमोजिम प्रदेश प्रमुखले सोमबार विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विधेयक प्रमाणीकरण भएसँगै गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको नियमन र उपयोगसम्बन्धी कानुनी व्यवस्था कार्यान्वयनको बाटो खुलेको छ।

प्रतिक्रिया