शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा दुर्गा प्रसाईं पक्राउ


काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । आइतबार राति प्रहरीले प्रसाईँलाई शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको हो ।

आइतबार दिउँसो पत्रकार सम्मेलन गरी उनले हिन्दू राज्य र राजसंस्था पुनस्र्थापना गर्न आन्दोलनको घोषणा गरेका थिए ।

प्रसाईंले वर्तमान लोकतान्त्रिक भनिने व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता खोसिएको र विचार मानिने लोकतन्त्रमा नागरिकका आधारभूत अधिकार समेत कुण्ठित गरिएको आरोप लगाएका थिए ।