काठमाडौं । सभामुख डीपी अर्यालले संसद्को आकस्मिक र शून्य समयमा सांसदले उठाएका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा उनले विपद् व्यवस्थापनको पूर्वतयारीबारे जानकारी गराउन सरकारलाई रुलिङ गरेका हुन् । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही, रास्वपाका रमेश प्रसाईंलगायतको मागपछि सोमबार सभामुखले रुलिङ गरेका हुन् ।
कर्णालीमा भएको बस दुर्घटनाको उद्धारमा लापरबाही गरिएको भन्दै शाहीले सरकारको जवाफ माग गरेका थिए । त्यस्तै रास्वपाका प्रसाईंले पनि सदनमा गृहमन्त्रीको जवाफ माग गरेका थिए ।
सभामुखले देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न विपद् व्यवस्थापनका पूर्वतयारीका सम्बन्धमा भएगरेका कामकारबाहीका सम्बन्धमा समेत जानकारी गराउन नेपाल सरकारलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया