सीमा विवाद हामी हाम्रा छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौंः प्रधानमन्त्री साह


काठमाडौं । प्रधानमन्त्री बालेन साहले भारतसँगकोमा सीमा विवाद ब्रिटिसलाई मध्यस्त बनाउन नखोजेको बताएका छन् । आइतबार चितवनको भरतपुरमा पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पहिले ब्रिटिसले राज गर्दाको प्रमाण ल्याउनुपर्छ भनेर आफूले भनेको बताएका हुन् ।

संसदमा सम्बोधनका क्रममा प्रधानन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको बताएका थिए । त्यसपछि प्रधानमन्त्री विवादमा तानिएका थिए ।

प्रधानमन्त्रीले भने, ‘हामीसँग कालापानी लिपुलेकको प्रमाण छ । हामीले पहिले ब्रिटिसले राज गर्दाको प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौं भनेका हौं । हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं । हामी हाम्रा छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौं । हामीसँग प्रमाण छ ।’

प्रधानमन्त्रीले राष्ट्रियताप्रति आफूलाई आशंका नगर्न आग्रह गरे ।