काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले रास्वपालाई जनतासँग गरेको वाचा पूरा गर्न सुझाव दिएका छन् ।
आइतबार चितवनको भरतपुरमा रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना दिँदै अध्यक्ष राउतले आफूले पनि रास्वपाको जस्तै पनि सपना देखेको बताए ।
उनले जनतालाई बाँडेको सपना पूरा गर्न नसकेको फेरि पछि परिने बताए । उनले भने, ‘तपाईंभित्र जुन देश बनाउने अठोट छ । देशमा केही समृद्धि आओस् भन्ने चाहना छ त्यसका लागि आउनुभएको हो । त्यही चाहना म भित्र भएकाले पनि म शुभकामना दिन आएको हुँ ।’
उनले हावा र मतदाता उस्तै भएको भन्दै त्यसमा ख्याल गर्न रास्वपालाई सुझाव दिए । उनले मधेसीलाई प्रधानमन्त्री बनाएकामा रास्वपालाई धन्यवाद दिए ।
उनले ‘जेनजी’ आन्दोलनका युवाको भावनालाई नबिर्सन र सम्बोधन गरेर अघि बढ्न रास्वपा र सरकारको ध्यानाकर्षण समेत गराए । अध्यक्ष राउतले प्रधानमन्त्री बालेन साहले लगाउने कालो पोशाकलाई उनले देवानन्दसँग तुलना गरे ।
उनले विपक्षीले प्रधानमन्त्रीलाई कालो लुगा लगाउन नदिने भनेर ऐन बनाउन बेर नलाउने बताए । उनल भने, ‘भारतमा देवानन्दलाई कालो लुगा लगाउन निषेध थियो । कुनै दिन हाम्रा विपक्षीहरूले सम्माननीयज्यूले कालो लुगा ड्रेस लगाउन निषेध गर्ने ऐन ल्याउनुपर्यो भन्न पनि बेर छैन। तै पनि त्यो भन्दा पनि ठूलो उहाँको माइन्डसेटको सम्मान गर्छु ।’
उनले प्रधानमन्त्री बालेनको प्रशंसा गरे । उनले भने, ‘प्रधानमन्त्रीप्रति जनताको यस्तो माया ईतिहासमा कहिल्यै देखिएको थिएन । यस्तो स्मार्ट, ड्यासिङ, इन्टेलिजेन्ट युवा हामीले पाएका छौँ । हाम्रो प्रधानमन्त्री अलग हि लेभलका बन्दा है । उहाँ समस्याभन्दा माथि पुगेर समाधान कसरी गर्ने भनेर सोच्नुहुन्छ ।’

प्रतिक्रिया