काठमाडौं । लागुऔषध कारोबारीले तस्करीको पनि नयाँ नयाँ उपाय अपनाउन थालेका छन् । कहिले कपडामा बुनेर त कहिले लागुऔषधको खेलौना बनाएरै तस्करी गर्ने गरेको पाइएको थियो । तर यस पटक भने कारोबारीले अर्कै उपाय अपनाएको पाइएको छ ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक ब्राजिलियन महिला कोकिनसहित पक्राउ परेकी छिन् । २१ वर्षीया एमिली मिकाइल सान्तोष फेरेइराले ब्राजिलबाट एक किलो ९५० ग्राम कोकिन ल्याएकी थिइन् । उनले १० वटा कन्डम भित्र कोकिनलाई तरल पदार्थ बनाएर आफूले लगाएको ब्रा भित्र लुकाएर ल्याएको पाइएको छ । राति साढे ९ बजे विमानस्थल उत्रिएकी उनी सोही राति भुटान जाने तयारीमा थिइन् ।
फेरेइराको गतिविधि शङ्कास्पद लागेपछि उनको शरीरमा शङ्कास्पद वस्तु देखिएको र खानतलासी गर्दा कन्डम भित्र लुकाएर ल्याएको तरल पदार्थ भेटिएको लागूऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता जीवन निरौलाले बताए ।
उक्त तरल पदार्थलाई ल्याबमा राखेर जाँच गर्दा कोकिन रहेको पुष्टि भएको ब्युरोले जनाएको छ । उनलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएाके छ ।



प्रतिक्रिया