मन्त्रीहरुले संसद बैठक ‘बंक’ गरेको भन्दै योगेश भट्टराई आक्रोशित



काठमाडौँ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले मन्त्रीहरु संसद बैठकमा अनुपस्थित भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

शनिबारको प्रतिनिधिसभा बैठकमा सचिव भट्टराईले मन्त्रीहरु संसद बैठकमा नआउदा समय संचालन हुन नसकेको भन्दै मन्त्रीहरुको संसदको भन्दा महत्वपूर्ण काम के हुन्छ भन्दै प्रश्न गरेका हुन् । संसद भन्दामाथि केही नभएको भन्दै मन्त्रीहरुलाई यसविषयमा गम्भीर बन्न सुझाव दिए ।

उनले भने, ‘एक दिनमा १० वटा मन्त्रालयको बजेटमाथि छलफल गरेर कसरी कन्स्ट्रक्टिभ भूमिका खेल्न सक्छौं, यो एउटा गम्भीर प्रश्न हो । १० वटा किन पुग्यो ? हिजो केही मन्त्री आउनु भएन, अस्ति केही मन्त्री आउनु भएन । अनि थपिदै जाँदा १० वटा पुग्यो । म माननीय मन्त्रीहरुलाई भन्न चाहन्छु, संसद चलिरहेको बेलामा, संसदमा विनियोजन शीर्षकमाथि छलफल भइरहेको बेला, त्यो भन्दा महत्वपूर्ण अर्को काम के होला त यहाँहरुको, जसले गर्दा यहाँ नआएर अन्त जानुपर्ने कारण के पर्यो होला, यो निकै गम्भीर प्रश्न हो ।तीतो नमान्नुहोला माननीय मन्त्रीज्युहरू समयमा नआउने, जसले गर्दा एक घण्टापछि हामीले यो सुरु गरेका छौँ । किनभने मन्त्रीज्यु नआएर हो ।’

भट्टराईले मन्त्रीजी नआएर यो संसदप्रतिको गम्भीर जवाफदेहिताको प्रश्न उठेको बताए ।
त्यस्तै उनले हाम्रो कूटनीति कमजोर भएको भन्दै यसलाई पुनर्विचार गर्नुपर्ने बेला आएको बताए ।

उनले हमासको अपहरणमा परेका विपिनलाई सकुशल स्वदेश फिर्ता ल्याउन नसक्नुका कारणबारे समीक्षा गर्नुपर्ने बताए ।

उनले भने, ‘आज विश्वमञ्च शक्ति राष्ट्रका कारणले बदलिराखेको छ । हामीले हाम्रो विपिन जोशीलाई छुटाउन सकिराखेका छैनौँ । जबकी हमास र इजरायलले सयौंको संख्यामा युद्धबन्दीहरू आदान–प्रदान गरे । त्यसक्रममा हाम्रो विपिन जोशी किन हामीले ल्याउन सकेनौँ ? कहीँ हाम्रो कूटनीतिक पहल पुगेन कि ? कहीँ हामीले विदेश मामिलामा लिएका अडानले गर्दा हामी कहीँ अल्झि राखेका छौँ कि ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘सुप्राग्लेशियल’ ताल फुट्दा रसुवामा बाढी आएको प्रारम्भिक निष्कर्ष

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मङ्गलबार बिहान रसुवास्थित

‘स्टकमा भएको मल खेतमा बाली डढुन्जेलसम्म किसानले किन पाउदैनन् त ?’

-जेपी गुप्ता । ‘यथेष्ट विद्युत उत्पादन नहुनु वा यसको अभाव नै रसायनिक मल

चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण सुरु

म्याग्दी । म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन

कोइराला समूहको निष्कर्षः ०८४ र त्यसअघिको उपनिर्वाचनमा हुनसक्ने गठबन्धनका उम्मदेवार जिताउन कारबाही

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले पार्टीका नेताहरुमाथि गरिएको कारबाही