काठमाडौं । गएराति ललितपुरमा मादक पदार्थ सेवन गरी कार चलाउँदा ठूलो दुर्घटना भएको छ । ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा कार बिजुलीको पोलमा ठोक्किएपछि पोल भाँचिनुका साथै तीन जना घाइते भएका छन् ।
ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले ११ हजार भोल्टको विजुलीको पोलमा कार ठोक्किएर दुर्घटना भएको जानकारी दिए । घाइतेहरुको बीएन्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अहिले पोल हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरी कार चलाउन दुर्घटना भएको प्रहरीले जनाएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया