म्याग्लुङ–पिप्ले–अम्फुवा–सोल्मा–शुक्रबारे सडक कालोपत्र हुँदै



तेह्रथुम । म्याङलुङ अम्फुवा मङ्गलबारे सडक कालोपत्र हुने भएको छ । आइतबार प्रतिनिधिसभा सदस्य तथा पूर्वसहरी विकासमन्त्री सीता गुरुङले एक समारोहबीच कालोपत्रको शिलान्यास गरेकी छन् ।

उनले सडक कालोपत्र भएपछि स्थानीय उत्पादन बजार पु¥याउन सहज भई स्थानीयको जीवनस्तर उक्सिने विश्वास व्यक्त गरिन । सङ्घीय सरकारको सहरी विकास मन्त्रालयको १० करोड २४ लाख ५० हजार रुपैयाँको बजेटमा मारुती बिल्डर्सले निर्माणको ठेक्का पाएको हो ।

२०८२ पुस २४ गतेसम्ममा काम सक्ने गरी ठेक्का सम्झौता भएको आयोजना कार्यान्वयन गर्ने सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय धनकुटाका आयोजना प्रमुख सुमन मिश्रले जानकारी दिए । उक्त सडकअन्तर्गत सदरमुकाम म्याग्लुङतर्फको दुई हजार नौ सय मिटरमध्ये एक हजार आठ सय मिटर कालोपत्र हुनेछ भने एक हजार एक सय मिटर सडकको चौडा गरिनेछ ।

त्यस्तै लालिगुराँस नगरपालिकातर्फ एक हजार दुई सय मिटर कालोपत्र हुने प्रमुख मिश्रले बताए । उक्त सडक कालोपत्र भएपछि स्थानीय उत्पादन लालिगुराँस नगरपालिका–८ मङ्गलबारेबाट सदरमुकाम म्याग्लुङको हटियासम्म ल्याउन सहज हुने मङ्गलबारेका स्थानीयवासी ज्ञानु तिम्सिनाले बताए ।

हिउँदमा जसोतसो सडक चले पनि वर्षातको समयमा यहाँका किसानले काँधमै बोकेर कृषि उपज हटिया ल्याउनुपर्ने बाध्यता यो सडक कालोपत्र भएसँगै अन्त्य हुने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रहः अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्कनु

काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले नेपालीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन आग्रह गरेको छ

विकास खर्च गर्न सरकार असफल, ११ महिनामा ४० प्रतिशत मात्र खर्च

काठमाडौं । चालु आर्थिक वर्ष समाप्त हुन एक महिना मात्र बाँकी रहँदा विकास

सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस, ‘कुलिङ पिरियड’ दुई वर्ष

काठमाडौँ । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवासम्बन्धी समितिको

३९ लाख ५० हजार रुपैयाँ बिगो भएका बैंकिङ कसुरका तीन प्रतिवादी पक्राउ

काठमाडौं । ३९ लाख ५० हजार रुपैयाँ बराबरको बिगो भएका बैंकिङ कसुरका तीन