मानव तस्करीको आरोप लागेका कोसीका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने
काठमाडौं । सर्वोच्च अदालतले जापानमा मानव तस्करी प्रकरणमा मुछिएका कोसी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिने सरकारी वकिलको निर्णय सदर गरेको छ ।
आइतबार न्यायाधीश डा. कुमार चुडालको इजलासले उन्मुक्ति दिने सरकारी वकिलको निर्णयविरुद्धको रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको निर्णय सदर गरिदिएको हो ।
जापान मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीविरुद्ध जिल्ला सरकारी वकिल काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेपछि उनी मंसिर १० मा थुनामुक्त भएका थिए ।
त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए । उक्त रिट सर्वोच्चका रजिस्ट्रारले दरपिठ गरिदिएका थिए । आइतबार दरपिठविरुद्धको निवेदन न्यायाधीश चुडालको इजलासले सदर गरिदिएसँगै अधिकारीविरुद्ध मुद्दा चल्ने कानुनी बाटो बन्द भएको छ ।