सामाजिक सञ्जालको गलत प्रयोग गरी भ्रामक अभिव्यक्ति दिनेलाई कारबाही गर्ने गृहको चेतावनी



काठमाडौँ । गृह मन्त्रालयले सामाजिक सञ्जालको गलत प्रयोग गरी द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति दिनेलाई कानुनी कारबाही हुने स्पष्ट पारेको छ ।

मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्‍याउनेलाई कानुनी दायरामा ल्याइने जनाएको हो ।

पछिल्लो समयमा केही व्यक्तिले सामाजिक सञ्जाललगायत माध्यमको गलत प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्तिप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

मन्त्रालयले विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवं सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने जस्ता घृणाजन्य अभिव्यक्ति दण्डनीय अपराधको रुपमा व्यवस्था गरेको स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापति सिग्देलद्वारा भारतीय अधिकृत क्याडेटको कवाज निरीक्षण

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोकराज सिग्देल शनिबार देहरादुनस्थित इण्डियन मिलिटरी

पूर्वराजा ज्ञानेन्द्र शाहले गरे दाङको पाण्डवेश्वर महादेव मन्दिरमा पूजापाठ

दाङ । मध्यपश्चिम र सुदूरपश्चिका जिल्लाको भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला आफ्ना

संविधान कार्यान्वयनमा सरकार प्रतिबद्धः गृहमन्त्री लेखक

नवलपरासी । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षा स्थापना, भ्रष्टाचार नियन्त्रण गर्दैै सुशासन

काठमाडौँमा चिसो बढ्यो, न्यूनतम तापक्रम २ डिग्री

काठमाडौँ । काठमाडौँमा शनिबार यस वर्षकै चिसो महसुस गरिएको छ । जल तथा