टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता



काठमाडौं । टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता भएको छ । मंगलबार नेपालमा आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक दर्ता भएको हो ।

दर्ता भएसँगै अब टिकटकले कानूनी वैधानिकता पाएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले बताए । सरकारले राखेका सबै शर्त र नेपालका कानुनी व्यवस्था मान्न तयार भएपछि गत १९ भदौमा टिकटक माथिको प्रतिबन्ध हटेको थियो ।

टिकटक  नेपालमा दर्ता भएको तेस्रो सामाजिक सञ्जाल हो । यसअघि भाइबर र विटक नेपालमा दर्ता भएका थिए । सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । नेपालमा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता

प्रगति ढकाल, काठमाडौँ  । पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पुर्‍याएको असरको विषयमा नेपालले गम्भीरताका

सुन्तलाखेतीतर्फ आकर्षण बढ्दै

डुम्रे । ‘बस्ने घर नभए पनि बाँझो जमिनलाई उपयोग गर्दै सुन्तलाखेतीमा लागेको छु,’

आठ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा

एक सातामा धरहराबाट करिब १५ लाख राजस्व सङ्कलन

काठमाडौँ ।  विसं २०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुनः निर्माण सम्पन्न ऐतिहासिक