डेंगु नियन्त्रणका लागि सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न मन्त्रालयको आग्रह



काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

मन्त्रालयले डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नाका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले गत वर्ष पनि डेङ्गी रोगको सङ्क्रमण बढेपछि अभियान सञ्चालन गर्न निर्देशन दिएको थियो । मन्त्रालयले आ–आफ्ना कार्यालयमा डेङ्गी सङ्क्रमणबारे सतर्कता र सचेतना कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।

प्रवक्ता बुढाथोकीले सरकारी अस्पतालमा डेङ्गीका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिए । मन्त्रालयले सरकारी अस्पताललाई डेङ्गी सङ्क्रमितको उपचार व्यवस्थापन मिलाउन आग्रह गर्दै अस्पतालमा परिसरमा ‘डेङ्गी डेस्क’ स्थापना गरी सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको छ ।

प्रवक्ता डा बुढाथोकीले स्वास्थ्य क्षेत्रको एकल प्रयासले मात्र डेङ्गी सङ्क्रमण नियन्त्रण गर्न नसकिने भएकाले प्रदेश र स्थानीय तहका सबै निकायको सहयोग आवश्यक रहेको बताए । यो वर्ष ७३ जिल्लाका दुई हजार तीन सय ६५ जनामा डेङ्गी सङ्क्रमण र एकजनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी

रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिदै

रसुवा । रसुवास्थित हिमाली दृष्य अवलोकनका लागि आन्तरिक एवं बाह्रय पर्यटकको आगमन वृद्धि

संसदीय छानबिन समितिमा रवि लामिछानेको बयान(पूर्णपाठ)

काठमाडौं । सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ ।

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टद्वारा पदबाट राजीनामा

काठमाडौं । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।