सुप्रिम सहकारी प्रकरणमा २८ जनाविरुद्ध मुद्दा दर्ता, गृहमन्त्रीमाथि प्रहरी र सरकारी वकिल मौन



बुटवल । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एक अर्बभन्दा बढी बचत रकम हिनामिना गरेको आरोपमा मुख्य आरोपी जीबी राईसहित २८ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

प्रहरीले सहकारीका संस्थापक जीबी भन्ने गितेन्द्रबाबु राई, अध्यक्ष ओमप्रकाश गुरुङ, दीपेशकुमार पुन, कुमार रम्तेल, दुर्गा चापागाईँ पाण्डे, भवीश्वर अर्यालसहित २८ जनालाई प्रतिवादी बनाउन सरकारी वकिल कार्यालयलाई राय दिदै अनुसन्धान प्रतिवेदन बुझाएको थियो। सोही अनुसार सोमबार जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा २८ जनाबाट ९८ करोड बिगो सहित मुद्धा दर्ता गरेको हो ।

प्रहरीले शुक्रबार बुझाएको प्रतिवेदनमा निता थापा, दीपक न्यौपाने, रोशनी गुरुङ, सागर केसी, सुरज श्रेष्ठ, राजु बराल, धिरजकुमार दास, असव अलि सिद्धिकी, बुद्धि गुरुङ, आशिस आनन्त, मोजहर मोहम्मद, लिगल ढुंगाना, औबहादुर गुरुङ र स्यान्जिक राज भण्डारीलाई प्रतिवादी बनाउन सुझाव दिएको थियो ।

प्रहरीको प्रस्तावित रायमा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे मौन देखिएपछि सरकारी वकिल कार्यालयले पनि त्यसबारे कुनै चासो देखाएन । भूपेन्द्र राई, हेमन्त अधिकारी, कविता तामाङ र नवीन अछामीलाई प्रतिवादी बनाउन सुझाव दिएको प्रहरीले लामिछानेको नामबाट सहकारीको पैसा गएको विवरण सार्वजनिक भए पनि सहकारीका बचतकर्ताको रकम दुरुपयोग बारे उनको भूमिकाबारे अनुसन्धानै गरेन ।

सहकारीबाट ग्यालेक्सी टेलिभिजनको माउ संस्था गोर्खा मिडियामा अनधिकृत रूपमा रकम गएको खुले पनि त्यो पक्षमा प्रहरी प्रवेश गरेन । ग्यालेक्सी टेलिभिजनको सञ्चालकको रुपमा रहेका लामिछानेको नाममा दुईपल्ट गरेर दुई करोड रुपैयाँ आएको देखिन्छ ।

जिल्ला सरकारी वकिल कार्यालयलले जिल्ला अदालत रुपन्देहीमा दायर गरेको अभियोजनमा उल्लेख भएअनुसार ग्यालेक्सी टेलिभिजनको एक लाख ८० हजार कित्ता सेयर बराबर एक करोड ८० लाख र थप ऋण वापत दुई करोड रुपैयाँ लामिछानेको नाममा गएको देखिएको छ ।

रुपन्देही प्रहरीले २ महिना लामो अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । मुद्दामा सहकारीका मुख्य आरोपी गीतेन्द्रबाबु (जीबी) राई, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसहित २८ जनालाई प्रतिवादी बनाइएको छ।

मंगलबारदेखि बहस अगाडि बढ्ने जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त मरासिनीले बताए । प्रहरीले १ अर्ब २ करोडको बिगो मागदाबी गरे पनि सरकारी वकिल कार्यालयले भने ९८ करोडको माग दाबी गरेर मुद्दा दर्ता गरेको छ ।

प्रहरीले सहकारीको रकम हिनामिना प्रकरणमा संस्थाका अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवं सहकारीका पूर्वकोषाध्यक्ष दीपेश, भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईं, दीपक न्यौपाने र नीता थापा मगरलाई पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ परेका ५ जनाबाहेक अन्यलाई फरार प्रतिवादी कायम गरिएको जनाएको छ। सोमबार दर्ता भएको मुद्दामा पनि त्यसैलाई आधार बनाइएको छ । अहिलेसम्म बचत हिनामिना भएको उल्लेख गरेर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका छन्।

प्राप्त जाहेरीका आधारमा पीडितको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ। तर, सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बचतकर्ताको रकम हिनामिना भएको भन्दै उजुरी परेपछि प्रहरीले गत फागुन ३ गते सुप्रिम सहकारीका अध्यक्ष गुरुङ र भैरहवा शाखा व्यवस्थापक चापागाईंलाई पक्राउ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
६ हजार ६ सय मतले सुहाङको अग्रता, मिलन लिम्बूको तीन हजार ६ सय

  फिक्कल (इलाम) । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

  सल्लेरी (सोलुुखुम्बु) ।  सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार नौ

गण्डकीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट सर्वोच्चबाट खारेज

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट

नेम्वाङले १६ हजार नौ सय ४४ मत प्राप्त गर्दा कांग्रेसका खड्काको ११ हजार दुई सय ७३ मत

  फिक्कल (इलाम) । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल