सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण



 

काठमाडौँ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले सम्हालेका छन् ।

यसअघिका प्रवक्ता एवं सहायकरथी कृष्णप्रसाद भण्डारीले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा सोमबार आयोजित कार्यक्रममा सहायकरथी केसीलाई औपचारिकरुपमा प्रवक्ताको कार्यभार हस्तान्तरण गरेका हुन् ।

त्यसअवसरमा सहायकरथी भण्डारीले प्रवक्ताको जिम्मेवारीमा रहने क्रममा आमसञ्चार जगतका सबै सञ्चारगृह, प्रकाशक, सम्पादक र विशेषगरी रक्षासग सम्बन्धित विटमा कार्यरत पत्रकारबाट भएको सद्भाव, सुभेच्छा र  सहयोगका लागि आभार व्यक्त गरे ।

आज प्रवक्ताको जिम्मेवारी पाएका केसीले नेपाली सेना र आमसञ्चार जगतबीचको सम्बन्ध र सहयोग आगामी दिनमा थप प्रगाढ र सुमधुर रहने विश्वास व्यक्त गरे । प्रवक्ता केसी यसअघि पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख थिए भने सहायकरथी भण्डारीको सैनिक अभिलेखालयमा सरुवा भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले पशुपतिनाथ, स्वर्गद्वारी, मुक्तिनाथ दर्शनका लागि यातायात संचालन गर्ने

  काठमाडौँ । नेपालको धार्मिक पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँगको सहकार्यमा नेपाल–भारत सीमा

मदिरा, वियर, सूर्ति र चुरोटमा कर बृद्धि, आलु, प्याज र स्याउमा लगाइएको कर खारेज

काठमाडौं । सरकारले विभिन्न वस्तु तथा सेवाको करका दरमा हेरफेर गरेको छ ।

प्रचण्ड पत्नी सीताका नाममा कलेज बनाउन बजेट विनियोजन

काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वर्गीय पत्नी सीता दाहालको नाउँमा ‘सीता दाहाल

एमाले सांसद सूर्य थापाको संयोजकत्वमा ‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ गठन

काठमाडौं । सहकारी ठगीको छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन गरिएको छ