प्रधानसेनापति शर्मासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरलको भेटवार्ता



 

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर एके सिंहले शिष्टचार भेटवार्ता गरेका छन् ।

आइतबार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा भएको शिष्टाचार भेटवार्तामा उनीहरुबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्नेलगायत विषयमा छलफल भएको थियो ।

साथै लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले भारतीय राजदूतावासमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरेका थिए । उनी  नेपालको औपचारिक भ्रमणका लागि गत चैत २६ गते काठमाडौँ आएका हुन् ।

भ्रमणका दौरान उनले भारतीय गोर्खा सैनिक निवास, पेन्सन भुक्तानी कार्यालय, पोखरा र पेन्सन भुक्तानी कार्यालय, धरानको भ्रमण गरेका काठमाडौंस्थित भारतीय दूतवासले जनाएको छ ।

साथै उनले काठमाडौँ, पोखरा र धरानमा नेपालमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिक सम्मिलित र्यालीलाई सम्बोधन गरेका थिए । लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले गोर्खा सैनिकको बहादुरीको प्रशंसा गर्दै उनीहरुको साहस र राष्ट्रप्रति देखाएको समर्पित भावको कदर गरेका थिए ।

भूतपूर्व वीर गोर्खा सैनिकको अमूल्य त्याग एवम् बलिदानीको स्मरण गर्दै लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले गोर्खा सैनिकको कल्याणका लागि असम राइफल्स, भारतीय सेना तथा भारत सरकार सदैव प्रतिबद्घ रहने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खोकनामा चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१ खोकनामा भएको चोरी

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौं । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ। काठमाडौंमा

तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको

मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा निर्मित ‘भ्युस्टेसन’ आन्तरिक तथा बाह्य पर्यटकको