इरान र इजरायललाई अधितकतम संयम हुँदै वार्तामार्फत समाधान खोज्न नेपालको आग्रह



काठमाडौं । नेपालले इरान र इजरायललाई वार्तामार्फत समस्याको समाधान खोज्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी दुबै देशलाई अधितकतम संयम हुँदै वार्तामार्फत समाधान खोज्न आग्रह गरेको हो ।

मन्त्रालयले भनेको छ, ‘नेपाल सरकारले पश्चिम एसिया क्षेत्रको विकासलाई नजिकबाट नियालिरहेको छ । यस क्षेत्रमा बढ्दो तनाव र शत्रुताको वृद्धिप्रति हामी गम्भीर रूपमा चिन्तित छौं। नेपाल सरकार विवादको शान्तिपूर्ण समाधानमा दृढ विश्वास गर्दछ र बल प्रयोगको निन्दा गर्दछ। सम्वन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन र वार्ता र कूटनीतिको प्रयोग गरी शान्ति स्थापना गर्न आह्वान गर्दछौं।’

इरानले गएराति इजरायलमा दुईसय बढी ड्रोन र मिसाइल आक्रमण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तरकारीखेतीबाट नाम र दाम दुवै

गलकोट ।  कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका–९ तित्याङका पदम

चीनतर्फ एक अर्ब ९६ करोडको सामान निर्यात हुँदा चीनबाट एकवर्षमा ६५ अर्बको सामान आयात

  रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३

सरकारलाई असफल हुने छुट छैनः सञ्चारमन्त्री गुरुङ

  गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने

अभिलेख नहुँदा नागरिकताबाट वञ्चित

  कैलाली । कैलालीको टीकापुरका झनकप्रसाद तिमिल्सिना लामो समय शिक्षण गरेर सेवानिवृत्त भए