हरिपुर नगरपालिकाकी तत्कालीन उपप्रमुखसहित १० जनाविरुद्ध मुद्दा दायर



 

काठमाडौँ ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही जिल्लाको हरिपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणुकादेवी काफ्लेलगायत व्यक्तिविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनीहरुले स्थानीय लखनदेही खोलामा तटबन्ध निर्माण नै नगरी आर्थिक अनियमितता गरेको पाइएको छ । नदी नियन्त्रणका लागि माटो पुर्ने कामका लागि भ्रष्टाचार भएको पाइएको छ ।

आयोगले हरिपुर नगरपालिका नगर कार्यपालिका कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय नइन्द्रकुमार पौडेल, इन्जिनियर रञ्जित साह र सबइन्जिनियर सञ्जीव चौधरीविरुद्ध  ८५ लाख १८ हजार छ सय ३१ बराबरको बिगो दाबी गरिएको छ ।

यसैगरी, आयोगले हरिपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणुकादेवी काफ्ले, सदस्य वेदकुमारी बलम्पाकी, सदस्य लक्ष्मी कुमर, वडा नं १ का तत्कालीन वडाअध्यक्ष कुमार लामाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गरिएको छ ।

यसैगरी, नदी नियन्त्रण उपभोक्ता समिति हरिपुर–१ नाखाटोल उपभोक्ता समितिका अध्यक्ष शम्शेरबहादुर बस्नेत, सचिव इन्द्रबहादुर घिसिङ र कोषाध्यक्ष निर्मलाकुमारी देवीविरुद्ध पनि ८५ लाख १८ हजार छ सय ३१ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कैलालीको तेडी बाध नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु

  कैलाली ।  कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुर तेडी बाध नदीमा नुहाउने क्रममा आइतबार

जिबी राईलाई प्रधानमन्त्रीले भगाएको हो भने गृहमन्त्रीले प्रधानमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी गरुन्ः ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशको प्रधानमन्त्रीले नै जिबी राईलाई भगाएको हो भने

पहिचान फेरिएको धरानको फुस्रेबजार

सुनसरी । कुनै समय व्यापारिक केन्द्रका रुपमा परिचित धरान उपमहानगरपालिका–१३ फुस्रेबजारले अहिले नयाँ

विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर, सुरक्षण मुद्रण केन्द्रमा ४० करोड भ्रष्टाचार गरेको अभियोग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निवर्तमान कार्यकारी निर्देशक विकल