रुसमा अलपत्र परेका नेपालीले भारतसँग हामीलाई उद्धार गर्नुपर्यो भनेर भनिरहेका छन्, कहाँ छ हाम्रो सरकार ?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नेपालमा सरकार छ कि छैन भन्दै प्रश्न उठाएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले रुसमा अलपत्र परेका पाँच जना नेपालीले छिमेकी राष्ट्र भारतसँग उद्धारको लागि माग गरेको भन्दै यो देशमा सरकार होइन, कुर्सी मात्र भएको बताए ।
उनले भने, ‘यसो हेरें सरकार त छ । तर सरकार छ कि छैन । छ भने रुसमा अलपत्र परेका पाँच जना नेपालीले छिमेकी राष्ट्र भारतसँग हामीलाई उद्धार गर्नुपर्यो भनेर मागिरहनु भएको छ भारतसँग भने के नेपालमा सरकार छ । कुर्सी छ कहिले वारी कहिले पारी त्यति छ ।’
उनले रुसमा गोरखाका नागरिक पनि अलपत्र रहेका भन्दै आफ्नो निर्वाचन क्षेत्रको नागरिकको उद्धार गर्न नसक्ने प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले जनताको उद्धार गर्ने विश्वास नभएको बताए ।
उनले भने, ‘गोरखाबाट प्रधानमन्त्री र परराष्ट्र दुवै हुनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्रको नागरिकको उद्धार गर्न नसक्ने प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले यो देशका जनताको उद्धार गर्छ भनेर कसरी विश्वास गर्ने ।’