वरिष्ठ हबल्दार घूस रकमसहित पक्राउ



 

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी, कान्तिबजार महोत्तरीका इञ्चार्ज र वरिष्ठ हबल्दारलाई घूस रकमसहित पक्राउ गरेको छ  ।

व्यक्तिले ‘लिज’मा लिई भोगचलन गर्दै आएको जग्गामा खेतीपाती तथा व्यवसायमा बाधा–अवरोध गरेको विषयमा सेवाग्राहीसँग घूस माग्दै गरेको अवस्थामा आयोगले पक्राउ गरेको हो । महोत्तरी जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयन नगर्नका लागि छलफल गराउने भनी सेवाग्राहीसँग प्रहरी सहायक निरीक्षक शर्माप्रसाद यादव र वरिष्ठ हबल्दार मन्जितकुमार झाले २० हजार लिँदै गरेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको थियो ।

गौशाखा नगरपालिका–१२ गौरीटोलबाट पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इलाम-२ मा आइतबार बिहानदेखि मात्र मतगणना सुरु हुने

इलाम । इलाम क्षेत्र नम्बर–२ मा आइतबार बिहानदेखि मात्र मतगणना हुने भएको छ

बाग्लुङबाट पोखरा आउँदै गरेको बस भोटे क्याम्पमा दुर्घटना, १९ जना घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस शनिबार साँझ पोखरा महानगरपालिका–२५ हेम्जाको भोटे

मुग्लिन पोखरा सडकको पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र पश्चिमखण्डमा २३

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

लुक्ला (सोलुखुम्वु) । प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला एयरपोट) मा