साइकलयात्रीलाई ठक्कर दिने बसमा आगजनी
सर्लाही । सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन् । जनकपुरबाट मलंगवा गइरहेको ग २ ख १४४० नम्बरको बसले कविलासी नगरपालिका–१० मा स्थानीय युगलकिशोर महतोलाई ठक्कर दिएको थियो ।
उनलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए । उनलाई ठक्कर दिएपश्चात स्थानीयहरूले बस तोडफोड र आगजनी गरेको हुन् । प्रहरीले बस चालकको खोजी भइरहेको जनाएको छ ।