राष्ट्रियसभा अध्यक्षको निर्वाचनको सूचना प्रकाशन गर्न उपाध्यक्ष अर्यालको निर्देशन



काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदका लागि फागुन २९ गते हुने निर्वाचनको सूचना प्रकाशन गर्न राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले आज निर्देशन दिएकी छन् । उपाध्यक्ष अर्यालले संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलाई सूचना प्रकाशनका लागि निर्देशन दिएकी हुन् ।

यही फागुन २० गतेबाट रिक्त अध्यक्षको पदपूर्तिका लागि फागुन २९गते मंगलबार निर्वाचन गरिने मिति तय भएको आइतबारको राष्ट्रिय सभा बैठकमा अर्यालले जानकारी गराइन् । आइतबारको सर्वदलीय बैठकमा कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको चुनाव सार्न आग्रह गरे पनि फागुन २९ गतेलाई नै चुनाव मिति तोकिएको हो ।

५९ सदस्यीय राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्र सबैभन्दा ठुलो पार्टी छ । उसको उपाध्यक्षसहित १८ सांसद छन् । यस्तै, कांग्रेस १६ सिटसहित दोस्रो ठुलो दल हो । एमालेका १० जना सांसद छन् । एकीकृत समाजवादी ८, जसपा ३, लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षकहरुको आन्दोलन थप चर्किँदै, के हुन्छ कक्षा १२ को परीक्षा ? विद्यार्थी अन्यौलमा

काठमाडौं । नेपाल शिक्षक महासंघको आन्दोलनका कारण कक्षा १२ को परीक्षा हुने कि

लागुऔषधसहित १२ जना पक्राउ

काठमाडौँ । देशका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ परेका छन्। मकवानपुर,

दैनिक हुने प्रदर्शनका कारण काठमाडौँ उपत्यकामा सहज ढङ्गले सवारीसाधन सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती

काठमाडौँ । नेपाल शिक्षक महासङ्घ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनका कारण काठमाडौँ

पर्यटकका पर्खाइमा बयली

म्याग्दी । अन्नपूर्ण गाउँपालिका-५ मा रहेको बयली ओझेलमा परेको छ । समुद्री सतहबाट