छिमेकी राष्ट्रसँगको सम्बन्धलाई प्राथमिकतामा राखेर काम गर्न सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले छिमेकी राष्ट्रसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

परराष्ट्र मन्त्रालयमा बुधबार पदबहालीपछि उनले दुई छिमेकी राष्ट्रसँगको सम्बन्धलाई सुदृढ गर्न र अझ उन्नत बनाउने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे । साथै उनले विश्वका शक्तिशाली र सबै मित्र राष्ट्रसँग राम्रो सम्बन्ध बनाउनसमेत ध्यान केन्द्रित हुने बताए ।

मुुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा तथा प्रवद्र्धन गर्नु सरकारको प्राथमिकताको विषय भएको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले यही विषयमा नै मन्त्रालयको सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।

मुलुकको परराष्ट्र नीति स्वतन्त्रता, संयुक्त राष्ट्र सङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त र समानताको आधारमा राष्ट्रको सर्वाेपरी हितलाई ध्यानमा राखेर सञ्चालन गरिएको भन्दै उनले यसलाई अझ प्रभावकारी बनाउन कूटनीतिक दक्षता आवश्यक भएको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले भने, “हामी बहुपक्षीय र क्षेत्रीय मञ्चमा सहभागिता जनाउन, राष्ट्रिय हितका पक्षपोषण गर्न र राष्ट्रिय हित अनुकूलको निर्णय गराउन तथा विश्व शान्तिको पक्षमा आवाज उठाउने छौँ।”, उनले विदेशमा रहेका नेपाली कामदारको हितको रक्षा गर्ने विषय सरकारको प्राथमिकता रहेको उल्लेख गरे ।

अहिलेको केन्द्रीय कार्यभार भनेको सामाजिक राजनीतिक रुपान्तरण तथा विकास र समृद्धि भएको परराष्ट्रमन्त्रीले बताए । आर्थिक कूटनीतिलाई महत्वका साथ अघि बढाउन ध्यान दिने तथा राजदूत नियुक्तिको मापदण्डलाई अझ राम्रो बनाउन र नियमित मूल्याङ्कन गर्ने व्यवस्थामा आफ्नो ध्यान जाने बताए । उहाँले कूटनीतिक आचारसंहिता कार्यान्वयन गर्न सबै कर्मचारीलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्लाहीको धनकौल-६ का वडाध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिका–६ का वडाध्यक्षसहित नौ जनाविरुद्ध

खुम्बु क्षेत्रमा भारी हिमपात

सोलुखुम्बु । उच्च हिमाली क्षेत्र खुम्बुमा आइतबारदेखि लगातार भारी हिमपात भइरहेको छ। हिमपातका कारण पर्यटक

रातो मच्छिन्द्रनाथको रथारोहण (तस्बिरहरू)

ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ सोमबार ललितपुरस्थित मच्छिन्द्र बहालबाट बाजागाजासहित

सुस्ताको झोलुङ्गे पुल जोखिममा

नवलपरासी। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित झोलुङ्गे पुल जोखिममा रहेको छ । झोलुङ्गे