गठबन्धनप्रति सकारात्मक दलहरूसँग सम्वाद गर्ने नयाँ गठबन्धनको निर्णय
काठमाडौं । नयाँ गठबन्धनले अन्य राजनीतिक दलहरूलाई पनि सरकारमा सहभागी गराउने सहमति गरेको छ । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार नयाँ गठबन्धनबीच अन्य दलहरूलाई पनि सरकारमा सहभागी गराउने सहमति भएको हो ।
मल्लले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’सुशासन, सामाजिक न्याय र समृद्धिको सम्माननीय प्रधानमन्त्रीज्यूको संकल्प र नेपाल सरकारको मार्गचित्र कार्यान्वयन गर्न बनेको नयाँ गठबन्धनका चार दल यो गठबन्धनप्रति सकारात्मक दलहरूसङ्ग सम्वाद गर्दै अरु दललाई समेत सहभागी गराएर सरकारलाई पुर्णता दिने सहमतिमा पुगेका छन् ।’