धनकुटामा भएको सवारी दुर्घटनामा एक बालिकको मृत्यु


 

धनकुटा । धनकुटामा आइतबार  अपराह्न भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

हिलेबाट पाख्रिबासतर्फ गइरहेको पिकअप भ्यान दुर्घटना हुँदा घटनास्थलमा नै एक बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका निम्ति धरानस्थित बिपी कोइराला सवास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । प्रहरीले मृतक र घाइतेको परिचय सार्वजनिक गरेको छैन ।