हिंसाको सहारा लिएर फुटपाथका व्यापारी हटाउनु समाधान होइन



सोविता गौतम ।
सशस्त्र द्वन्द्वको बेला मानिसहरू गाउँ–गाउँबाट सुरक्षा खोज्न, ज्यान जोगाउन काठमाडौंमा स्थानान्तरित भए । काठमाडौंमा अनपेक्षित रूपमा जनसंख्या बढ्यो । रोजीरोटीका अवसरहरू खोजिन थालिए । त्यही बेलादेखि फुटपाथमा सामान राखेर व्यापार गर्ने क्रम बढ्न सुरू भएको देखिन्छ । अहिले पनि नेपालभरबाट मान्छे रोजगारी, शिक्षाको खोजीमा काठमाडौं आउने गर्छन् । बाँच्न र दुई छाक टार्न देशभरिबाट काठमाडौंलाई साहारा बनाएका छन् ।

मानिस र सवारीको चाप बढेसँगै सडक–फुटपाथ व्यवसायीहरूका कारण आवागमनमा असर पुगेको पनि सत्य हो । तर निश्चित समय, निश्चित दिन र निश्चित स्थान तोकेर नियमित निरीक्षणमार्फत हाटबजारको अवधारणा अनुसार व्यवस्थापन गर्न सकिन्छ । देशको सबैभन्दा शक्तिशाली महानगरले व्यवस्थापनको कुनै उपाय नै नभए जसरी कुटपिट गरेर धपाउनु चाहिँ समस्याको समाधान होइन । धरपकड, खोसाखोस, कुटपिटले यसको समाधान दिँदैन । समाधानको विधि यो कुनै हालतमा मान्न सकिँदैन ।

हिंसाको सहारा लिनुको सट्टा, व्यापारीहरूलाई नियमभित्र बाँधेर तिनीहरूको व्यवस्थापन र सहयोग गर्ने प्रणालीहरूको विकास गर्नुपर्छ । कानुनको दायराभित्र रहेर अनुगमन र मार्गदर्शन गर्ने उपायहरू कार्यान्वयन गर्नु महत्त्वपूर्ण छ । फुटपाथबाट आफ्नो र परिवारको पेट पाल्ने कुरा छ। उनीहरूलाई रूवाएर, भोकै राखेर समस्याको समाधान हुँदैन। फुटपाथको समस्या समाधान होला तर अर्को समस्याले जन्म लिन सक्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशिएका श्रमिकको हितका लागि सरकारले थप कार्यक्रम ल्याउँछः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको हितका

एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छः राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) मा हाल देखापरेको विवाद समाधानका

शिक्षामन्त्रीको राजीनामाले विद्यालय शिक्षा विधेयक पारित हुन अब केही महिना ढिलो हुने स्थिति सिर्जना भयो

-सूर्य थापा । शिक्षामन्त्री विद्या भट्टराईले आज पदबाट दिनुभएको राजीनामा अनपेक्षित र असान्दर्भिक

प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन

काठमाडौं । सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ। सोमबार बसेको