औषधि व्यवस्था विभागद्वारा दुई कम्पनीका न्यून गुणस्तरका औषधि बिक्रीमा रोक



काठमाडौं । औषधि व्यवस्था विभागले न्यून गुणस्तरका औषधि बिक्री वितरणमा रोक लगाएको छ । विभागले लोमस फर्मास्युटिकल्स प्रालि र फर्माको इन्टस्ट्रिज् लिमिटेडद्वारा उत्पादित औषधि न्यून गुणस्तरको पाइएको भन्दै बिक्रीमा रोक लगाएको हो ।

परीक्षणका क्रममा लोमसबाट उत्पादित ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेट न्यून गुणस्तरको पुष्टि भएको विभागले जनाएको छ ।

त्यसैगरी, विभागले फर्माको इन्टस्ट्रिज् लिमिटेडद्वारा उत्पादित ‘मेट्रो पी’ नामक मेट्रोनिडाजोल औषधि पनि न्यून गुणस्तरकोे भएको बताएको छ । यी औषधि बजारबाट फिर्ता गरी त्यसको विवरण विभागमा बुझाउन निर्देशन समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कैलालीको जालपादेवी केबलकार निर्माण कार्य सुरु

सुदूरपश्चिम । कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण हुन लागेको जालपादेवी केबलकारको पहिलो चरणको निर्माण

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ हुँदै

  काठमाडौँ ।  नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज छेडिने (ब्रेक थ्रु) हुने भएको

वान एक्स बेटमार्फत ५७ करोड भन्दाबढी कारोबार, तीन पक्राउ

  काठमाडौँ ।  नेपाल प्रहरीले वान एक्स बेटमार्फत विभिन्न खेलमा सट्टेबाजी खेलाएको आरोपमा

प्रधानसेनापति शर्मासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरलको भेटवार्ता

  काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर