भरतपुर महानगरद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेन्डर आह्वान



काठमाडौं । चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि टेन्डर आह्वान भएको छ । बिहीबार भरतपुर महानगरपालिकाले रंगशाला निर्माणका लागि टेन्डर आह्वान गरेको हो ।

रंगशाला निर्माणका लागि एक अर्ब १० करोडको ठेक्का आव्हान गरिएको महानगरपालिकाले जनाएको छ । आगामी मार्च ३१ गतेसम्म टेण्डर हाल्ने अन्तिम समय दिइएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण सुरु गरेको रंगशाला बजेट अभावमा अलपत्र परेपछि भरतपुर महानगर र बागमती प्रदेश सरकारले निर्माण गर्न लागेका हुन् । रंगशाला निर्माण सम्पन्न गर्नका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट बेहोर्ने निर्णय गरेको छ ।

रंगशला निर्माणको प्रथम चरणका लागि ७५ करोड रुपेयाँ बराबर लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले बेहोर्ने र त्यसको श्रोत सुनिश्चित गर्ने निर्णय गरेको छ । महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा ७५ करोड बराबरको काम गर्ने गरी सहमति भएको थियो । पहिलो चरणमा खेलमैदान र प्यारापिटलगायतका काम सम्पन्न गरेर खेल खेल्न मिल्ने बनाइनेछ ।

प्रदेश सरकारले ७० प्रतिशत लगानी गरेसँगै रकम अभाव भए संघीय सरकारको अनुदान लिएर महानगरपालिकाले थप गरी रंगशाला बनाउने तयारी गरिएको छ । धुर्मुस–सुन्तली फाउण्डेसनले १९ करोड रुपैयाँ ऋण लागेको भन्दै दुई वर्षअघि निर्माणको काम छाडेको थियो। त्यसपछि रंगशाला निर्माण कार्य अलपत्र बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
न्याय मर्नेछैन रविन्द्र दाइ !

तपाईंको असल नियत र इमानदारीतामा कुनै शंका छैन । तपाईंसँग हजार असहमति राख्नेहरुले

बेनी–दरवाङ सडकः आठ वर्षमा १७ किलोमिटर कालोपत्र

म्याग्दी । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक

बल्ल उठ्यो भूकम्पले थलिएको लाप्राक

गाेरखा जिल्लाकाे उत्तरी भेगमा पर्ने लाप्राक क्षेत्रकाे धार्चे गाउँपालिका-४ स्थित गुप्सीपाखामा अवस्थित लाप्राक

लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेशमा एक महिनामा चार सय दुईवटा दुर्घटना भएका छन्