तनहुँ । तनहुँ–१ का विकासका प्राथमिकता र पूर्वाधारका आवश्यकताबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग छलफल भएको छ । रास्वपा तनहुँका सचिव अनिल श्रेष्ठले क्षेत्रअन्तर्गतका सडक, पूर्वाधार तथा स्थानीय विकास निर्माणका विषयमा अर्थमन्त्री वाग्लेसँग भेटेर छलफल गरिएको जानकारी दिए ।
क्षेत्रको वास्तविक आवश्यकता र प्राथमिकता पहिचान गरी विकास योजनालाई प्रभावकारी ढंगले अघि बढाउने विषयमा छलफल केन्द्रित रहेको श्रेष्ठले बताए । श्रेष्ठले विकासका आवश्यक योजनालाई प्राथमिकताका आधारमा कार्यान्वयनमा लैजान निरन्तर पहल गरिने बताएका छन् ।



प्रतिक्रिया