अख्तियारद्वारा हुम्लाको अदानचुलीकी तत्कालीन उपप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाकी तत्कालीन उपप्रमुख सौमती रावल ऐडीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बुधबार हुम्लाको आदनचुली–३ स्थित ढकनीकुनादेखि मुढेघट्टसम्म आर्थिक वर्ष २०७४/७५ मा बनाइएको सिँचाइ योजानामा अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले उपप्रमुख ऐडी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डे, इन्जिनियर मकरध्वज शाही, सव–इन्जिनियर जयराम छन्त्याल, योजना शाखा कर्मचारी एवम् सरसफाइ प्राविधिक मंगल भण्डारी, तत्कालीन लेखापाल दीपक नेपाली र केही वडाध्यक्षविरुद्ध ४२ लाख २९ हजार ३५८ रुपैयाँ ८९ पैसा बिगो दाबीसहित मुद्दा दर्ता गराएको हो ।

उनीहरूले ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण सम्झौतामा निर्धारित शर्त र मापदण्डविपरीत निर्माण कार्य गरी गराई, झुट्टा नापी किताब, उपभोक्ता समितिसम्बन्धी बिल, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरी भएको कामभन्दा ४२ लाख २९ हजार ३५८ रुपैयाँ ८९ पैसा उपभोक्ता समितिलाई भुक्तानी गरेको अख्तियारको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वउपराष्ट्रपति पुनलाई राजनीतिमा फर्किन संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्पराले रोक्दैनः प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई राजनीतिमा

संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा समिति निर्माण गर्ने

काठमाडौँ । संवैधानिक राजसंस्था र सनातन हिन्दू अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि भन्दै

पर्यटकका पर्खाइमा बयली

म्याग्दी । अन्नपूर्ण गाउँपालिका-५ मा रहेको बयली ओझेलमा परेको छ । समुद्री सतहबाट

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

इटहरी । धरान–इटहरीबीच चारकोसे जङ्गलमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ