प्रधानमन्त्रीद्वारा आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान अर्पण



 

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताएका छन् ।

मंगलबार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री दाहालले योगदान मुलुकका लागि महत्वपूर्ण रहेको स्मरण गरे । उनले स्व आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए ।

प्रतिष्ठानमा बिहान ११ बजेदेखि शुभचिन्तक, गीत–सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकारहरुबाट आचार्यप्रति श्रद्धाञ्जलि अर्पण चलिरहेको छ । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

भजन शिरोमणि उपाधि पाएका उनको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो । आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो ।

गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङ्गीत क्षेत्रमै छन् ।   विसं १९९९ मा धनकुटामा जन्मिएका आचार्यले चार सयभन्दा बढी गीतमा स्वर तथा सङ्गीत दिएका छन् । नेपाली सुगम सङ्गीतमा उनको महत्वपूर्ण योगदान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हिउँ चितुवाको संख्या बढेसँगै दिगो व्यवस्थापनको चिन्ता

  कर्णाली । डोल्पा र मुगु जिल्लामा फैलिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जसँगै अन्य सामुदायिक

आगलागीबाट अर्घाखाँचीमा ४३ र गुल्मीमा ६७ भन्दाबढी घरगोठ जलेर नष्ट, करोडौंको क्षति

गुल्मी ।  गुल्मीमा तीन दिनदेखि लागेको डढेलोले करोडांँैको क्षति भएको छ । सामुदायिक

होमस्टेले फेरियो डेढगाउँको दराई बस्ती

नवलपरासी । दराई समुदायले होमस्टे सञ्चालन गरेपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व) को डढगाउँको परिचय

साल्पा सिलिचुङमा ‘सुम्निमा–पारुहाङ र नछुङ’ को प्रतिमा स्थापना

खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल साल्पा सिलिचुङमा किराती पूर्खा ‘सुम्निमा–पारुहाङ र नछुङ (धामी)