प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जना पक्राउ



काठमाडौँ । प्रहरीले ऋण अपचलन गरेको अभियोगमा  तत्कालिन सेन्चुरी बैंकका सिईओ तथा हाल प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ । मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जनालाई पक्राउ गरेको हो ।

ऋण अपचलन गरेको अभियोगमा न्यौपानेसहित दश जनालाई पक्राउ गरिएको सीआइबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । । उनीहरुमाथि अहिले छानबिन भइरहेको उनले बताए ।

पक्राउ पर्नेमा पक्राउ पर्नेमा तुलसीराम गौतम, सविन घिमिरे, सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनील बस्नेत, मनोज न्यौपाने, दिलीप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठ रहेका छन् । प्रहरीले ऋण प्रवाह अनियमितता आरोपमा पक्राउ गरेको र अनुसन्धान जारी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले प्रतिनिधि परिषद् वैठकः इमान्दारलाई अगाडि बढाउन अनैतिक, भ्रष्ट र अनुशासनहीनमाथि कारबाहीमा जोड

  काठमाडौँ । नेकपा एमालेको प्रतिनिधि परिषद् बैठकमा नेता तथा कार्यकर्ताको अनैतिक तथा

कतारी अमिर नेपाल आउँदा विपिन जोशीको रिहाइकाबारेमा कुरा गर्छुः प्रधानमन्त्री

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कतारका अमिरको नेपालको औपचारिक राजकीय भ्रमणमा हमासको

हिउँ चितुवाको संख्या बढेसँगै दिगो व्यवस्थापनको चिन्ता

  कर्णाली । डोल्पा र मुगु जिल्लामा फैलिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जसँगै अन्य सामुदायिक

आगलागीबाट अर्घाखाँचीमा ४३ र गुल्मीमा ६७ भन्दाबढी घरगोठ जलेर नष्ट, करोडौंको क्षति

गुल्मी ।  गुल्मीमा तीन दिनदेखि लागेको डढेलोले करोडांँैको क्षति भएको छ । सामुदायिक