प्रधानसेनापति र अमेरिकी इन्डो–प्यासिफिकका एडमिरलबीच भेटवार्ता



 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको अमेरिकी सेनाअन्तर्गत युएस इन्डो–प्यासिफिक कमान्ड कमान्डर एडमिरल जोन सी अक्यैलिनोले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् ।

भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल र अमेरिकाबीच कूटनैतिक सम्बन्ध स्थापना भएपश्चात् दुई देशबीच मैत्रीपूर्ण र सौहार्द्रपूर्ण सम्बन्ध रही आएकामा खुशी व्यक्त गरेका थिए ।

साथै उनले विश्व शान्तिको मान्यताप्रति प्रतिबद्ध नेपाल संयुक्त राष्ट्रसङ्घको शान्ति सेनामा सर्वाधिक योगदान गर्ने मुलुकका रूपमा रहेको कुराले गौरवान्वित भएको बताएको राष्ट्रपति पौडेलको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी प्रधानसेनापति प्रभुराम शर्मा र  अमेरिकी सेनाका इन्डो प्यासिफिक कमान्डका एडमिरल जोन सी अक्युलिनोबीच शिष्टाचार भेटवार्ता भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटवार्तामा उनीहरुबीच वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास–४ लगायत आपसी चासोका विषयमा  विचार–विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपालको तीनदिने भ्रमणमा आएका अक्युलिनोलाई यसअघि जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो ।

ग्लोबल पिस अपरेसन इनिसिएटीभको सहयोगमा नेपाली सेना तथा अमेरिकी सेनाको सहकार्यमा यही फागुन ८ देखि दुई हप्ता अवधिको शान्ति स्थापनासम्बन्धी बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण भइरहेको छ । अक्युलिनोले १९ देशका सैनिकहरू सहभागी रहेको उक्त अभ्यासको फागुन १३ गते आइतबार अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गङ्गाजमुना गाउँपालिका संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन बढाउँदै

बसेरी (धादिङ) । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन

म्याग्दीमा उच्च गतिको विद्युत् प्रवाहले ६० घरमा क्षति, ५ जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा आइतबार उच्च गतिको विद्युत प्रवाह हुँदा ६०

गोठाटार गोलीकाण्डका मुख्य योजनाकार भारतीय नागरिक वीरगंजबाट पक्राउ

वीरगंज । काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको गोली हानी हत्या

टौ-दहमा विपत् अभ्यास ‘मनसुन–२’ मा उद्धार अभ्यास गर्दै सशस्त्र प्रहरी

सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, बलम्बुले आइतबार काठमाडौँको टौ–दहमा