कृष्ण कँडेलविरूद्ध काठमाडौं जिल्ला अदालतमा यौन दुर्व्यवहारको मुद्दा दायर



काठमाडौं । इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दायर भएको छ । काठमाडौं जिल्ला अदालतमा सोमबार कँडेलविरूद्ध एक महिलाले मुद्दा दर्ता गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिएका छन् ।

पीडित महिलाले कँडेलविरूद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २२४ अनुसार कारबाहीको मागसहित मुद्दा दर्ता गरेकी हुन् । उक्त दफामा यौन दुर्व्यवहार गर्न नहुने कसुर उल्लेख छ। कसैमाथि यौन दुर्व्यवहार गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । यसमा हदैसम्मको कारबाही गरी क्षतिपूर्ति समेत दिलाउन माग गरेको छ ।

पछिल्लो समय पीडित महिलाले सामाजिक सञ्जालमार्फत् आफूलाई कँडेलले यौन दुर्व्यवहार गरेको भन्दै सार्वजनिक गरेकी थिइन् । यसअघि नै कँडेलले आफ्नो गाली बेइज्जती भएको भन्दै ती महिलाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वोच्चले सरकारलाई भन्यो-शिक्षकका संविधानसम्मत माग तत्काल सम्बोधन गर्ने वातावरण मिलाउनु

काठमाडौं । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्किन आदेश दिएको छ

सडकमा सर्वसाधारणलाई अमानवीय तरिकाले कुटपिट गर्ने चार जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान सुरु

काठमाडौं । एक व्यक्तिमाथि कुटपिट गर्ने चार जना ट्राफिक प्रहरीमाथि अनुसन्धान सुरु गरेको

सरकारको नभई ८४ को निर्वाचनको चिन्ता गर्न नेता कार्यकर्तालाई ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेता कार्यकर्तालाई सरकारका बारेमा चिन्ता नगर्न आग्रह

अमेरिकाबाट फिर्ता भएका चार जना भुटानी शरणार्थीलाई थुना बाहिर राख्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले अमेरिकाबाट डिपोर्ट भई भुटान हुँदै नेपाल छिरेर हाल चार