अध्यागमन विधेयक राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत



 

काठमाडौँ ।   राष्ट्रियसभामा विचाराधीन ‘अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट बहुमतले स्वीकृत भई फिर्ता गरिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार विधेयक सभासमक्ष पेश गरेका थिए ।

उनले सभाका उठेका प्रश्नको जवाफ दिँदै जतिसक्दो चाँडो अर्को विधेयक ल्याउने भएकाले अध्यागमन विधेयक २०७६ फिर्ता लिइएको प्रष्ट पारे । मन्त्री श्रेष्ठले भने, “अध्यागमन विधेयक, २०७६ अघिल्लो सरकारले प्रस्तुत गरी यससम्बन्धी ऐनका लागि पेश गरेको थियो । तत्कालका लागि वर्तमान सरकारले यसलाई फिर्ता गर्ने निर्णय गरेको छ । पछिल्लो समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा आएका फेरबदल, राष्ट्रिय सुरक्षामा सजक हुनुपर्ने परिस्थिति, अध्यागमनलाई अझ बढी व्यवस्थित र आधुनिक बनाउनुपर्नेलगायत कारणले सरकारले यसलाई फिर्ता लिने निर्णय गरेको हो ।”

राष्ट्रिय सभाको बैठक २१ मिनेट स्थगित गरी पुनः सुरु भएको थियो ।   सभामा अर्थमन्त्री डा प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभाबाट छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहलगाममा भएको आतंकवादी आक्रमण ‘वसुधैव कुटुम्बकम्’ को आदर्श विपरीतको अपराध कर्मः पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणप्रति गहिरो

सहकारी ठगीमा कांग्रेस सांसद माया राई पक्राउ

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन् । प्रहरीले शनिबार

वर्तमान समयमा लोकप्रियतावाद हावी भयो, यसले सत्य थाहा हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रले मुलुकमा केही भएन भन्ने भाष्यलाई चिर्दै

नेपाल जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतङ्कवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं  । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतङ्कवादको विपक्षमा रहेको बताएकी