लेबनानमा आफैंले बोकेको हतियारबाट गोली लागि घाइते भएका नेपाली शान्ति सैनिकको मृत्यु



काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि लेबनानमा तैनाथ पुरानो गोरख गण (शान्ति सेना) ६४औँ डफ्फामा कार्यरत सिपाही सुवास थापाको मृत्यु भएको छ ।

दोलखा निवासी थापा उक्त गण हेडक्वार्टर बङ्करमा ड्युीमा रहँदा माघ १८ गते आफैँले बोकेको हतियारबाट गोली लागि घाइते फेलापरेका उनको उपचारका क्रममा मृत्यु भएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उनको शव स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको नेपाली सेनाका सूचना अधिकारी सहायक रथि कृष्णप्रसाद भण्डारीले जानकारी दिए । हाल उक्त मिसन तैनाथ रहेको लेबनानको सीमावर्ती इलाकामा लडाइँ चलिरहेको हुँदा त्यसको मनोवैज्ञानिक असर हो वा अन्य कुनै कारण हो भन्नेबारेमा बुझ्ने कार्य भइरहेको उनले बताए । त्यहाँ तैनाथ उक्त गणमा रहेका सकल दर्जाको एक वर्ष कार्य अवधि पुग्ने क्रममा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रातो मच्छिन्द्रनाथको रथारोहणपछिको हर्ष बढाइँ(फोटोफिचर)

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बिहीबार रथारोहण गरिएको छ ।

मधेश प्रदेशमा आगलागीबाट १९ जनाको मृत्यु

जनकपुरधाम । मधेश प्रदेशमा विगत १० महिनामा आगलागीबाट १९ जनाको अकालमा मृत्यु भएको

नेपाल प्रहरीका डीआइजीद्वय जोशी र ढकाल एआइजीमा बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका डीआइजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई डीआइजीमा बढुवा

सरकारको नीति तथा कार्यक्रम जेठ १ गते संसदमा प्रस्तुत हुने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आगामी जेठ १ गते