नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषद्बीच समझदारीपत्रमा हस्ताक्षर



काठमाडौँ । नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषद्बीच ‘सडक दुर्घटना सूचना व्यवस्थापन प्रणाली’ सञ्चालन तथा ट्राफिक व्यवस्थापनसम्बन्धी सुरक्षा उपकरण हस्तान्तरणमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव ज्ञानेन्द्रकुमार झाबीच सोमबार प्रहरी प्रधान कार्यालयमा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरले सडक दुर्घटनाबाट हुने धनजनको क्षति एवं ट्राफिक व्यवस्थापन गम्भीर विषय भएको चर्चा गरे । उनले उक्त सम्झौताले दुर्घटना न्यूनीकरणका साथै धनजनको क्षतिमा कमी ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा सडक सुरक्षा एवं यातायात व्यवस्थापनसँग सम्बन्धित सबै सरोकारवाला निकायको साथ सहयोग र समन्वय आवश्यक रहने उनको भनाइ छ । समारोहमा सडक सुरक्षा व्यवस्थापन विज्ञ डा पार्थ पराजुलीले सफ्टवेयर सञ्चालन तथा ट्राफिकसम्बन्धी सुरक्षा उपकरण हस्तान्तरणसम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

यातायात पूर्वाधारको व्यवस्थापन गरी सुरक्षा बढाउन, सीमापार व्यापारलाई सहज बनाउन र रणनीतिक सडक नेटवर्कको व्यवस्थापन क्षमतालाई सुदृढ पार्ने सम्झौताको उद्देश्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राधिकरणले भन्यो-केही इन्टरनेट सेवा प्रदायकले सेवा अवरुद्ध भएको पुष्टि भयो, हदैसम्मको कारबाही हुन्छ

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध भएको

परीक्षा दिएर फर्किरहेकी छात्रामाथि झापामा गोली प्रहार

दमक । झापाको दमकमा एक विद्यार्थीमाथि गोली प्रहार भएको छ । उदयपुर घर

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३ पक्की पुल निर्माण

  तनहुँ ।  मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३ पक्की पुल निर्माण कार्य

डढेलो नियन्त्रण किन बनेन सरकारको एजेण्डा ?

प्रगति ढकाल, काठमाडौँ । डढेलोविद् सुन्दर शर्मा यही साता मंगोलिया भ्रमणमा जाने अन्तिम