उपरथी घिमिरे र ढकाललाई दर्ज्यानी चिह्न प्रदान



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी पवन राज घिमिरे र चोक बहादुर ढकाललाई पदोन्नति भएको दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन्। सोमबार जङ्गी अड्‌डामा आयोजित कार्यक्रममा उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो।

पदोन्नतिसँगै उपरथी घिमिरे नेपाली सैनिक वार कलेजमा शिक्षाधिकृत तथा उपरथी ढकाल सैनिक सचिव विभाग, अतिरिक्त समूहमा नियुक्त भएका छन्। उनी पौष १२ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका थिए।

सोही अवसरमा प्रधान सेनापतिले सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानीहरु क्रमशः कमल बानिया पिएच.डी, राजाराम बस्नेत, रोज प्रताप राणा, संजय देउजा, पुरन घले, राजेन्द्र श्रेष्ठ, नारायण बहादुर थापा र लेखा महासेनानी राजन अधिकारीलाई पनि पदोन्नति भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दाङको पहेलपारमा दिनदहाडै दुई महिलाको हत्या

घोराही । दाङको घोराही उपमहानगरपालिका–१० पहेलपारमा शनिबार दिउँसो दुई महिलाको हत्या भएको प्रहरीले

लमजुङमा घलेगाउँ जोड्ने सडक धमाधम कालोपत्र

गण्डकी । गण्डकी प्रदेश सरकारको लगानीमा लमजुङको क्व्होलासोथार गाउँपालिकास्थित पर्यटकीय घलेगाउँ र भुजुङ

रातो मछिन्द्रनाथको रथ तान्न सुरू

ललितपुर । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्न शनिबारबाट सुरू

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै

रसुवा । चीनको आधार इलाकामा पर्ने मानसरोवर कैलाश तीर्थ र ल्हासा क्षेत्र घुम्न