बजेट नभएर विमानस्थलमा तीन महिनासम्मको सीसीटिभीको स्टोरेज राख्न नसकिएको प्राधिकरणको स्पष्टीकरण



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बजेट नभएका कारण सीसीटिभीको स्टोरेज लामो समयसम्म राख्न नसकिएको बताएको छ । मंगलबार महाप्रबन्धक प्रताप बाबु तिवारीले विज्ञप्ति जारी गरी सीसीटिभीको स्टोरेज तीन महिनाको बनाउन बजेट माग गरिएको तर बजेट प्राप्त नभएकाले नसकिएको बताएका हुन् ।

तीन महिना स्टोरेज रहने व्यवस्थाका लागि प्राधिकरण प्रधान कार्यालयमा बजेट माग गरेकोमा नपाएको उनले उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘विमानस्थल कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सीसीटिभी क्यामेराको रेकर्ड ३ महिना स्टोरेज रहने व्यवस्थाका लागि प्राधिकरण प्रधान कार्यालयमा बजेट माग गरेकोमा कोभिड १९ का कारण बजेट अभाव भई अरु प्राथमिक क्षेत्रमा बजेट व्यवस्था गर्नुपर्ने भएकोले बजेट उपलब्ध हुन सकेन ।’

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि गठित छानबिन समितिले तीन महिनाको सिसीटिभी फुटेज माग्दा प्राधिकरणले २१ दिनको मात्र दिएको थियो । यस्तो खबर बाहिरिएपछि प्राधिकरणको आलोचना भइरहेको छ । त्यसपछि महाप्रवन्धक तिवारीले यसबारे स्पटीकरण दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेससँगको छलफलमा प्रधानमन्त्री संसदीय छानबिन समिति गठन गर्न तयार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन

मकवानपुरमा भीरबाट कार खस्दा तीनजना गम्भीर घाइते

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर १२ चौतारास्थित कान्तिलोकपथ सडकखण्डमा शनिबार बिहान

दुर्घटनामा पत्रकार रोहिताको मृत्यु

  महेन्द्रनगर (धनुषा) ।  जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु

नेपाल प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा