तिङ्करमा सशस्त्र प्रहरीको पोष्ट स्थापना



 

दार्चुला । चीनको स्वशासित क्षेत्र तिब्बत नजिक दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । व्यास गाउँपालिका–१ तिङ्करमा स्थापना गरिएको पोष्टको शुक्रबार एक कार्यक्रमबीच सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाल र दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले संयुक्त रुपमा उद्घाटन गरे ।

पोष्ट स्थापनाका लागि एआइजी दाहाल र प्रमुख जिल्ला अधिकारी जोशी नेतृत्वको टोली भारतको बाटो हुँदै  तिङ्कर पुगेको थियो । तिङ्करको छयालेकमा स्थापना गरिएको उक्त पोष्टमा सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा २० जनाको टोली सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बल नेपाल नं ४४ गण दार्चुलाका सशस्त्र प्रहरी उपरीक्षक डम्बरबहादुर विष्टले जानकारी दिए ।

विशेषगरी चीन सीमा नजिक उक्त क्षेत्रबाट सीमामा हुने अपराध नियन्त्रण, लागूऔषध ओसारपसारलगायत गतिविधि नियन्त्रण गर्न तथा सीमा क्षेत्रको निगरानीका लागि पोष्ट स्थापना गरिएको सशस्त्र प्रहरी उपरीक्षक विष्टले बताए । दार्चुलाको उत्तरी क्षेत्र व्यासमा सशस्त्र प्रहरीको एउटा गुल्मसहित चारओटा पोष्ट स्थापना भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब अस्पतालहरुले चिकित्सकमाथि कुटपिट गरे हुने सजायकाबारेमा सबैले देख्नेगरी सूचना राख्नुपर्ने

काठमाडौं । अस्पतालमा स्वास्थ्यकर्मी कुट्नेमाथि हुने दण्ड सजायका बारेमा सबै नागरिकले देख्नेगरी सूचना

सम्पर्कमा नरहेका २२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नरहेका २२ जना प्रहरीलाई

मेलम्चीको पानी उपत्यकामा पुनः वितरणबारे अझै अन्योल

सञ्चिता घिमिरे, काठमाडौँ । काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा हेरिएको मेलम्चीको

पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण

सुनसरी । चितवन राष्ट्रिय निकुञ्जबाट पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण