कर्मचारी दरबन्दी स्वीकृत गर्नेलगायतका यस्ता छन् मन्त्रिपरिषद बैठकका २९ निर्णय



काठमाडौं । सरकारले विभिन्न सरकारी निकायमा ६५८ राजपत्रांकित श्रेणीका कर्मचारीको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदका दुईवटा बैठकका निर्णयबाट विभिन्न मन्त्रालयको प्रस्तावमा ६५८ राजपत्रांकित श्रेणीका कर्मचारी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको हो ।

सरकारकी प्रवक्ता एवं संचार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले बिहीबार निर्णय सार्वजनिक गर्दै सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि सरकारले ५८ जना राजपत्राङ्कित कर्मचारीको दरबन्दी स्वीकृत गरेको जानकारी दिइन् ।

सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना र आयोजना सहयोग इकाइहरुकालागि आवश्यक १९ वटा र वन तथा वातावरण मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०८०/०८१ मा सन्चालन हुने संरक्षित क्षेत्र र जैविक मार्गका लागि एकीकृत भुपरिधि व्यवस्थापन आयोजना लगायतका १७ वटा आयोजना तथा कार्यक्रमहरूका लागि राजपत्रांकित श्रेणीका ३८ वटा दरबन्दी सिर्जना गर्न स्वीकृति प्रदान गरेको मन्त्री शर्माले जानकारी दिइन् । त्यस्तै मन्त्रिपरिषद् बैठकले भूउपयोग (पहिलो संशोधन) नियमावली, २०८० स्वीकृत गरेको छ ।

त्यस्तै, बैठकले काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको विस्तृत आयोजना प्रतिवेदन परिमार्जन गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३ पक्की पुल निर्माण

  तनहुँ ।  मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३ पक्की पुल निर्माण कार्य

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार प्रदेशसभामा विश्वासको मत लिने

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आगामी आइतबार प्रदेशसभाबाट विश्वासको मत लिने

डढेलो नियन्त्रण किन बनेन सरकारको एजेण्डा ?

प्रगति ढकाल, काठमाडौँ । डढेलोविद् सुन्दर शर्मा यही साता मंगोलिया भ्रमणमा जाने अन्तिम

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना हुँदै

  लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध