मौसम र बाढी पहिरोको सूचना प्रवाहलाई थप भरपर्दो बनाउँछौँ : मन्त्री बस्नेत



 

काठमाडौँ ।  सरकारले जल तथा मौसम विज्ञन विभागलाई थप साधनस्रोत सम्पन्न बनाई मौसम र बाढी पहिरोको सूचना प्रवाहलाई भरपर्दो र विश्वसनीय बनाउने भएको छ ।

पछिल्ला दिनमा जल तथा मौसमको सूचना सङ्कलनका लागि देशव्यापीरुपमा जडान गरिएका उपकरणका कारण पनि वास्तविक सूचना प्राप्त भइरहेको उल्लेख गर्दै सरकारले त्यसलाई थप व्यवस्थित बनाउने भएको हो ।

जल तथा मौसम विज्ञान विभाग अवलोकन तथा निरीक्षणका लागि पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विभागलाई थप साधन र स्रोतले सम्पन्न बनाएर  मौसम पूर्वानुमानलाई भरपर्दो बनाइने जानकारी दिए ।

बाढी तथा पहिरोको पूर्वानुमानका कारण देशका विभिन्न भागमा ठूलो जनधनको क्षति रोकिएको उल्लेख गर्दै  उनले आमजनतामा थप सूचना प्रवाहका लागि विभागले गरिरहेको काम कारबाहीको प्रशंसा गरे ।

हाल विभागले प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई सम्बन्धित क्षेत्रको नदी तथा मौसमको सूचना प्रवाह गर्ने गरेको छ । यस्तै बाढी तथा पहिरो पीडित क्षेत्रका नागरिकलाई समेत छोटकरी सन्देश पठाउने गरेको छ । यसबाट जनधनको क्षति कम हुन सहयोग पुगेको छ ।

मन्त्री बस्नेतले जलवायु परिवर्तनका कारण देशव्यापीरुपमा मौसममा अनेक खालका समस्या बढ्दै गएकाले त्यसबाट जोगिन पूर्वतयारीलाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।

अतिवृष्टि, खण्डवृटि तथा खडेरीजस्ता समस्या बढ्दै गएको अवस्थामा त्यसबाट जोगिन पूर्वतयारी गर्नुपर्ने र यस्ता संस्थालाई थप सबल बनाउनुपर्ने भएकाले सरकार त्यसका लागि प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

विभागका महानिर्देशक जगदिश्वरमान कर्माचार्यले पाँच सात वर्ष पहिले मौसम पूर्वानुमान कमजोर भए पनि पछिल्ला दिनमा विश्वसनीय र भरपर्दो रहेको बताए । उनले विभागलाई साधन र स्रोत सम्पन्न बनाउन मन्त्री बस्नेतलाई आग्रह गरेका थिए ।

हाल विभागले दैनिक २४ घण्टाको मौसम पूर्वानुमानको जानकारी दिने गरेको छ । यस्तै तीन दिन र सात दिनकोसमेत पूर्वानुमान गर्ने गरेको छ । विभिन्न छिमेकी देशसँग पनि सहकार्य गरेर पूवर्मानुमानलाई थप भरपर्दो र विश्वसनीय बनाउँदै आएको छ । सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलको पनि उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि बझाङको अधिकांश भूभाग अँध्यारो

चैनपुर। बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि आज वायु प्रदूषणले जिल्लाको

सिधाकुराको अडियोसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ

काठमाडौँ । सर्वोच्च अदालतले सिधाकुरा डटकम अनलाइनले प्रकाशन तथा प्रसारण गरेको अडियोसम्बन्धी मुद्दा

भैंसेपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण

काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क भैंसेपाटीमा एक समूहले आक्रमण गरेको

भारतका प्रधानन्यायाधीश चन्द्रचुड काठमाडौंमा

काठमाडौं । भारतका प्रधानन्यायाधीश डा. धनञ्जय यशवन्त चन्द्रचुड काठमाडौं आएका छन् । प्रधानन्यायाधीश