सेवानिवृत्त हुने र विदेशिने सङ्ख्या बढेकाले नेपाललाई साढे तीन लाख स्वास्थ्य जनशक्ति आवश्यक



काठमाडौं । चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८७/८८ सम्ममा साढे दुई लाखभन्दा बढी स्वास्थ्य जनशक्ति आवश्यक हुने प्रक्षेपण गरेको छ । आयोगले आर्थिक वर्ष २०७७/७८ लाई आधार मानी गरेको अध्ययनमा यस्तो प्रक्षेपण गरेको हो ।

आयोगका अनुसार सो अवधिभित्र सरकारी र निजी स्वास्थ्य संस्थामा महिला स्वास्थ्य स्वयम्सेविका र कार्यालय सहयोगीसहित तीन लाख ५८ हजार नौ सय ३८ स्वास्थ्य जनशक्ति आवश्यक पर्नेछ । आयोगले सो अवधिसम्म चिकित्सक र स्वास्थ्यकर्मी मात्रै दुई लाख ५७ हजार ९१ आवश्यक हुने निष्कर्ष निकालेको छ ।

आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरीले हाल कार्यरत जनशक्ति सेवानिवृत्त हुने र विदेशिने सङ्ख्यालाई समेतका आधारमा जनशक्ति प्रक्षेपण गरिएको जानकारी दिए । “सरकारले निर्माण गरिरहेका आधारभूत स्वास्थ्य संस्थालाई समेत आधार मानी स्वास्थ्य जनशक्ति प्रक्षेपण गरिएको छ”, उनले भने ।

उनका अनुसार २०८८ सालसम्म स्वास्थ्य जनशक्तिको सङ्ख्या तीन दशमलव छ प्रतिशतले प्रक्षेपण गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रति एक हजारमा न्यूनतम चार दशमलव ४५ स्वास्थ्य जनशक्ति हुनु राम्रो मानिन्छ ।

आर्थिक वर्ष २०७७/७८ मा स्वास्थ्य संस्थामा दुई लाख ३४ हजार तीन सय ६१ जनशक्ति आवश्यक रहेकोमा ५६ हजार ५२ जना कम अर्थात एक लाख ७८ हजार तीन सय नौ मात्रै कार्यरत थिए ।

प्रतिवेदनमा आर्थिक वर्ष २०७७/७८ सम्ममा सञ्चालित स्वास्थ्य संस्था, सरकारी, निजी तथा गैरसरकारी अस्पताल, मेडिकल कलेज, नर्सिड होम, क्लिनिक तथा शय्या सङ्ख्या प्रदान गरिने सेवाका लागि आवश्यक जनशक्तिको आँकलन गरिएको आयोगको भनाइ छ ।

विसं २०८८ सम्म एमबिबिएस १६ हजार सात सय ८४, विशेषज्ञ चिकित्सक कल्यन्ट्यान्ट (स्नातकोत्तर) १५ हजार चार सय ३५, नर्सिङ पेसाविद (स्नातकोत्तर) चार सय ११ आवश्यक हुने आयोगको प्रक्षेपण छ ।

नर्सिङ सहायक (स्नातक) तीन हजार तीन सय ५९, नसिङ तथा प्रसूतिसम्बन्धी सहायक (प्रमाणपत्र तह) ८८ हजार २४, परम्परागत तथा वैकल्पिक चिकित्सा (स्नातक तथा स्नातकोत्तर तह) दुई हजार ८३, परम्परागत तथा सहायक चिकित्सक प्राविधिक (प्रमाणपत्र तह) दुई हजार एक सय १८ जनशक्ति आवश्यक पर्नेछ ।

सो अवधिसम्म अन्य स्वास्थ्य सम्बद्ध पेसा (स्नातकोत्तर तह) दुई हजार छ सय ८८, अन्य स्वास्थ्य सम्बद्ध सहायक पेसा (स्नातक तह) २३ हजार एक सय ५०, अन्य स्वास्थ्य सम्बद्ध सहायक पेसा (प्रमाणपत्र तह) एक लाख चार हजार ३९ हजार उत्पादन हुनुपर्नेछ ।

त्यसैगरी सामुदायिक महिला स्वास्थ्य स्वयसेविका ५७ हजार ४३ जना र श्रेणीविहीन कार्यालय सहयोगी, सरसफाइ तथा सवारी चालक ४४ हजार आठ सय चारजना स्वास्थ्य जनशक्ति आवश्यक हुने आयोगको भनाइ छ ।

आयोगले विसं २०८३ सालमा दुई लाख ४५ हजार चार सय ६३ स्वास्थ्य जनशक्ति र ५४ हजार चार सय ६३ महिला स्वास्थ्य स्वयंसेविका र ४२ हजार सात सय ७७ श्रेणीविहीन कार्यालय सहयोगी, सरसफाइ कर्मचारी र सवारी चालक आवश्यक हुने प्रतिवेदनमा उल्लेख गरेको छ ।

यसवर्ष चिकित्सकतर्फ स्नातक तहमा सात हजार छ सय ५९, स्नातकोत्तर तहमा एक हजार छ सय ८४ र स्नातकोत्तरभन्दामाथि एक सय नौ जनशक्ति उत्पादन हुने आयोगको भनाइ छ । यस्तै नर्सिङ, जनरल मेडिसिन, डेन्टल साइन्स, आयुर्वेशिक हेल्थ साइन्स, फिजियोथेरापी, फार्मसीलगायत ११ मध्यम तथा आधारभूत तहका विषयमा १२ हजार एक सय दुई स्वास्थ्यकर्मी उत्पादन हुनेछन् ।

नेपालमा सरकारले स्थानीय तहमा बनाउन थालेका आधारभूत अस्पतालसहित सात हजार आठ सय ८९ सरकारी र निजी दुई हजार दुई सय ५० गरी १० हजार एक सय ३९ स्वास्थ्य संस्था सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमाः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ ।  छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ (बिआरआई)  कार्यान्वयन योजनासम्बन्धी

छानबिन समिति नबनेसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अगाडि बढ्न नदिने

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभएसम्म

गृहमन्त्रीलाई गगन थापाको सुझावः म प्रसूतिगृहमा जन्मिएको हो, त्यहाँबाट अनुसन्धान सुरु गरे पनि हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेलाई फाइल खोलौँ भनेर

जीबी राईले गरेको सारा फोहोर मैले सोहोर्नुपर्छ भन्ने छैन : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले सत्ताबाट बाहिरिएको पीडा लुकाउन