नेपालद्वारा अमेरिका ९ विकेटले पराजित


काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–टू शृङ्खलाअन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ । शनिबरा भएको खेलमा अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा १ विकेट गुमाएर भेटाएको हो । नेपालका कुशल भुर्तेलले शतकसहित १ सय १९ रन बनाए ।

यस्तै आसिफ शेखले ५८ रन बनाए । आजको खेलबाट डेब्यू गरेका ईशान पाण्डेले अविजित २० रन बनाए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ ब्याटिङ गरेको अमेरिकाले ४३ ओभर ३ बलमा १९५ रन बनाएर अलआउट भयो ।