अठार पुराणको अध्यायगत सारांश नेपालीमा प्रकाशित



काठमाडौँ । वेद व्यासले संस्कृत भाषामा रचना गरेको १८ पुराणको नेपालीमा भाव बुझ्न चाहनेका लागि अध्यायगत सारांश सार्वजनिक भएको छ । लामो समय निजामती सेवामा रहेर २०७१ सालमा सेवा निवृत्त भएका डा बद्री पोखरेलले १० वर्ष लगाएर १८ वटै पुराणको नेपाली भाषामा अध्यायगत सारांश लेखेका हुन् ।

शिव पुराणको भने अध्यायगत अङ्ग्रेजी सारांशसमेत उनले प्रकाशन गरिसकेका छन् । त्रिभुवन विश्वविद्यालय, संस्कृत अध्ययन संस्थानबाट २०४३ सालमा सर्वदर्शनमा आचार्य (स्नातकोत्तर) गरेका पोखरेलले यसको प्रयोग जीवनको लामो समयसम्म गर्न पाएका थिएनन् ।

त्रिभुवन विश्वविद्यालयबाटै अर्थशास्त्रमा पनि स्नातकोत्तर गरेका उनले लामो समय अर्थ मन्त्रालयमा काम गरे ।

पिताजी र दाजुको प्रेरणामा तीनधारा पाठशालामा बसेर वाल्मीकि विद्यापीठमा संस्कृत अध्ययन गरेका पोखरेलले जागिरे जीवनमा यसको उपयोग गर्न पाएका थिएनन् । संस्कृत अध्ययन गरेका छोरालाई आमाले बेला–बेलामा घरमा पुराण सुनाउ भन्ने गरेकी थिइन् । जागिरे जीवनमा त्यो अवसर नपाएपछि सेवा निवृत्त भएर उनले आमालाई एकादशी माहात्म्य र केही पुराण सुनाउन थाले ।

आमालाई पुराण सुनाउने क्रममा पोखरेललाई लेखेर सबैले पढ्न सक्ने गरी किन प्रकाशन नगर्ने भन्ने सोच पलायो । आमालाई पुराण सुनाउँदा फूरेको योजनाले १८ पुराणको नेपाली अध्यायगत सारांश लेखेर प्रकाशन गर्ने उत्प्रेरणा जगाएको उनले बताए ।

चार वटा पुराण सुनाउँदैमा विसं २०७२ मा पोखरेलकी आमाको निधन भएपछि पुराण अब अरुलाई बताउँछु भनेर उनले सङ्कल्प गरे । यही सङ्कल्पले १८ पुराणको नेपाली भाषामा अध्यायगत सारांश सार्वजनिक भएको छ ।

संस्कृतसँगै अर्थशास्त्रको पनि अध्ययन गरेर जीवनभर आर्थिक क्षेत्रमै काम गरेका पोखरेललाई आधुनिक अर्थशास्त्रका पिता मानिनुहुने एड्मस्मिथको ‘संसारमा समस्या भयावह छ, यसको समाधान कहिल्यै हुँदैन’ र माल्थसको ‘जनसङ्ख्या दोब्बरले बढ्छ तर खाद्यान्न क्रमिक रुपमा मात्र बढ्छ’ भन्ने आशयले आधुनिक ज्ञानले दीर्घकालीन समाधान नदिने रहेछ भन्ने परेको थियो । त्यही बेलादेखि उहाँ पूर्वीय दर्शनमा डुब्ने चाहना राखेका थिए ।

अर्थशास्त्रको यही समस्या समाधानका लागि उनले पुराण गहिरिएर अध्ययन गर्न थाले । पुराण अध्ययन गरेर अध्यायगत सारांश तयार भयो । प्रकाशनका लागि पोखरेलाई सहज भयो । अध्यात्मप्रेमीले उनका १८ वटै पुराण प्रकाशन गरिदिए ।

पोखरेलले प्रकाशक भेटेको घटना पनि रोचक छ । पुराणको अनुवाद गरिरहेका बेला आध्यात्मिक मासिक पत्रिका गौरीका सम्पादक अर्जुन लामिछाने उनको घरमा पुगे । लामिछानेले नै प्रकाशक संस्था विश्वस्वतन्त्र सञ्चारका उद्धवकुमार घिमिरेसँग परिचय गराए र

अठार पुराणमध्ये धेरै घिमिरेले नै प्रकाशन गरिदिएका छन् । केही पुराणका लागि भने उनले अध्यात्मप्रेमी प्रकाशकको व्यवस्था गरिदिएका हुन् । १८ वटै पुराणलाई नेपालीमा अनुवादका लागि ६० लाखभन्दा बढी खर्च भएको छ ।

पहिलो संस्करणमा सबै पुराण एक/एक हजारप्रति प्रकाशन गरिएको छ । शिव, अग्नि, भागवत र मार्कण्डेय पुराण बजारमा सकिइसकेको जानकारी आएको उनले सुनाए । ती पुराणका दोस्रो संस्करणको तयारीमा प्रकाशन संस्था लागेको छ ।

अमेरिकामा रहेका नेपाली समुदायले १८ पुराणका अध्यायगत नेपाली सारांशको माग धेरै गरेका छन् ।

पोखरेल यसलाई संस्कृतमा भएको लचकता बताउँछन् । नारद पुराणमा गणितका धेरै कुरा पाइएको भन्दै उनी यो अत्यन्त वैज्ञानिक रहेको सुनाउँछन् । नारद पुराणमा गीत, सङ्गीतका विषय पनि समावेश गरिएको छ ।

“संसारका धेरै विश्वविद्यालयले किन संस्कृत भाषा अध्यापन गराउन थाले भन्ने कुराको रहस्य मैले पुराण गहिरिएर पढेपछि नै थाहा पाएको हुँ”, पोखरेलले भने ।

सेवा निवृत्त भएपछि जयतु संस्कृतम् संस्थामा समेत आबद्ध भएर उनले संस्कृत क्षेत्र र पूर्वीय दर्शनका लागि काम गर्दै आएका छन् । हाल उनी जयतु संस्कृतम् संस्थाको अध्यक्ष हुन् ।

पुराणको गहिरिएर अध्ययन गर्ने क्रममा पोखरेलले स्कन्द पुराणका केही खण्ड भारतबाट प्रकाशन भएको मूल ग्रन्थमा नभएको तथ्य थाहा पाए । सोही पुराणको हिमवत्खण्ड जहाँ नेपालका धेरै तीर्थस्थलको चर्चा छ । हिमवत्खण्ड योगी नरहरिनाथले प्रकाशन गरेका हुन् ।

मानसखण्ड नेपालका पश्चिमी भूभागका साथै भारतको कुमाउ, गढवाल लगायतक्षेत्रका तीर्थस्थलको वर्णन छ । मानसखण्ड पूर्व सचिव विष्णुप्रसाद खत्रीको नेतृत्वमा रहेको रामप्रसाद स्मृति संस्थाले प्रकाशन गरेको छ ।

यसैगरी राम जन्मभूमिको चर्चा भएको सरयुखण्ड पनि भारतले प्रकाशन गरेको मूल स्कन्द पुराणको ग्रन्थमा उल्लेख गरिएको छैन । स्कन्द पुराणका अन्य तीन खण्ड पनि रहेको भन्ने चर्चा सुनेकाले त्यस विषयमा खोजी जारी राखेको पोखरेल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा