रंगेलीको मेयरमा एमालेका दिलीप अग्रवाल निर्वाचित



विराटनगर । मोरङको रंगेली नगरपालिकाको मेयरमा दिलीपकुमार अग्रवाल निर्वाचित भएका छन् । अग्रवाल १२ हजार ८६१ मत ल्याउदै मेयरमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार मोदराज घिमिरेले ९हजार ६१ मत प्राप्त गरेका छन् ।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित अग्रवाल यो पटक एमालेबाट मेयरमा निर्वाचित भएका हुन् । उनी स्थानीय तह निर्वाचनअघि एमाले प्रवेश गरेका थिए । उपमेयरमा पनि एमालेकी भुमाकुमारी पराजुली निर्वाचित भएकी छन् । उनले ११ हजार ७९० मत पाइन् । जसपा उम्मेदवार पन्नालाल मण्डलले पाँच हजार १७५ मत प्राप्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगीमा पक्राउ परेका दीपेश पुन चार लाख धरौटी बुझाएर रिहा

बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

८२ घण्टासम्म भग्नावशेषमा पुरिएका ऋषि खनाल

अर्घाखाँची  । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका